नक्कली सुन देखाई ठगी गर्ने छ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ चैत ७ गते ६:०४

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सुन देखाई ठगी गर्ने छ जनालाई पक्राउ गरेको छ ।

सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय राउसिंह तामाङ, २८ वर्षीय मङ्गले तामाङ, गोरखाका ३९ वर्षीय कुशल अधिकारी र ३२ वर्षीय गोविन्द पोखरेललाई ब्यूरोको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिलाई दिने भनी ठगी गर्नेलाई दुई थान नक्कली सुन र एक हजारका दरले पाँच थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनीहरुले सङ्गठित गिरोह खडा गरी ठगी गर्ने र एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको तथा ठगी गरेको रकम भूमिकाका आधारमा भागबण्डा गरी लिने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता गिरीले बताए । पक्राउ परेकालाई ठगी एवं खोटाचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा म्याद थप लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

२०७५ चैत ७ गते ६:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर