लागुऔषध अफिमसहित एक पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ चैत ७ गते ६:१६

पर्सा । वीरगञ्जको गण्डक चोकबाट प्रतिबन्धित लागुऔषध अफिमसहित जिल्ला प्रहरी कार्यालयले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ५४ वर्षीय बसिर मियाँ रहेका छन् । वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका मियाँलाई गण्डकमा जाँच गर्दा शरीरमा लुकाई–छिपाई राखेको अफिम बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको छ ।

२०७५ चैत ७ गते ६:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर