होेलीमा जथाभावी सवारी साधन चलाउँदा दुईको मृत्यु तीन घाइते

आजको खबर   |    प्रकाशित : २०७५ चैत ७ गते ६:३४

काठमाडौँ । होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् ।

ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

होलीमा बुधबार मात्र काठमाडौँ उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए । गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटनामा हुँदा १८ घाइते भएका थिए । ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ । तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए ।

२०७५ चैत ७ गते ६:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर