बाढीका कारण इन्डोनेसियामा अझै ९३ जना बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ चैत ७ गते ६:४३

जाकार्ता । इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ । अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताएका छन् ।

उनीहरूका अनुसार अहिले सम्म बेपत्ता हुनेहरूको संख्या ९३ रहेको छ । उनीहरूको अझै खोजी तथा उद्धारको प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् ।

बाढीबाट प्रभावित भएकामध्ये झण्डै सात हजार जनालाई विभिन्न शरणार्थी शिविरहरूमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् । बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ । रासस

२०७५ चैत ७ गते ६:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर