मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली महिला’को सूचीमा प्रियंका

आजको खबर   |    प्रकाशित : २०७५ चैत ७ गते ६:४९

एजेन्सी । प्रियंका ‘युएस टूडे’को मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली ५० महिला’को सूचीमा आफ्नो नाम जमाउन सफल भएकी छन् । केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए । अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ । प्रियंकासँगै चर्चित अभिनेत्री ओपरा बिन्फ्रे र मेरिल स्ट्रीप पनि सो सूचिमा छन् ।

त्यस्तै, गायिका बियोन्से, टेलिभिजन स्टार इलन डिजेनेर्स, ओस्कार विजेता जेनिफर लवरेन्स पनि सो सूचीमा छन् । प्रियंकाले सूचीमा समावेश हुन पाउँदा सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छन् । भनिन्, ‘अद्भुत महिलाहरुसँग यो सूचीमा अट्न पाउँदा आफूलाई सौभाग्यशाली महसुस गर्दछु ।’

२०७५ चैत ७ गते ६:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर