ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य, हेर्नुहोस कति पुग्यो

आजको खबर   |    प्रकाशित : २०७५ चैत ७ गते ७:०२

काठमाडौं । आज बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने आज चाँदीको मूल्य पनि उकालो लागेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ५९ जहार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तैगरी आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको थियो।

२०७५ चैत ७ गते ७:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर