पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस मनाइँदै

आजको खबर   |    प्रकाशित : २०७५ चैत ७ गते ७:०९

काठमाण्डौ । आज नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस मनाइँदैछ ।पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो ।

राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेशनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

२०७५ चैत ७ गते ७:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर