हवाई आक्रमणमा १२ जना मारिए

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २ गते ५:२५

नाइजेरिया । नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन् । देशको कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जङ्गलमा भएको आक्रमणमा उनीहरू मारिएको सैन्य स्रोतले बुधबार जनाएको छ ।

नाइजेरियाली हवाई सेनाका प्रवक्ता इबिकुन्ले डारामोलाले दिएको जानकारीअनुसार उनीहरूले अपहरणमा परेका १५ जनालाई अपहरणमुक्त गर्न पनि सहयोग गरेका छन् ।

मारिनेहरू आपराधिक समूहका व्यक्तिहरू भएको सरकारी सैन्य अधिकारीहरूले दाबी गरेको समाचारमा जनाइएको छ ।

२०७६ जेठ २ गते ५:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर