हलिउडलाई टक्कर दिने बर्षाको ड्रेसअप, रेड कार्पेट प्रिमियरमा पल र नाजिर यस्तो अबतारमा

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २ गते ७:१०

भोलिबाट रिलिजमा आउने नेपाली फिल्म ‘बीर बिक्रम २’ को बुधबार भव्य प्रिमियर शो आयोजना गरियो । मिलन चाम्स निर्देशित फिल्मको प्रिमियरमा पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ लगायत फिल्मका मुख्य कलाकार मुख्य आकर्षणको केन्द्रमा रहे ।

यस्तै प्रिमियर शोमा अभिनेता तथा निर्देशक भुवन केसी, अभिनेता शिव श्रेष्ठ, नायिका पूजा शर्मा, शिल्पा मास्के, दिपाश्री निरौला साथै अन्य थुप्रै कलाकारहरूको उपस्थित थियो ।

निर्देशक चाम्सले भने फिल्मको प्रिमियर निकै नै भव्य बनाएका थिए । फिल्मका मुख्य कलाकारहरूलाई ब्याण्ड बाजाले स्वागत गरिएको थियो भने कलाकारहरू पनि निकै सजिएर आएका थिए । झन फिल्मकी मुख्य नायिका वर्षा सिवाकोटी पुरै सिन्ड्रेला जस्तो सजिएर आएकी थिइन् ।

मिलन चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा पल, नाजित, बर्षा र बुद्धिको अलावा देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी खत्री लगायतको पनि अभिनय रहेको छ ।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्रमा अर्पण थापा कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

हेर्नुहोस् भिडियोमा नायक नायिकाहरुको ड्रेस साथै के भने कलाकारहरुले ?

२०७६ जेठ २ गते ७:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर