जानीराखौँ राष्ट्रिय फूल लालीगुराँसको यी औषधिय गुणहरू (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३ गते १:४४

नेपालको राष्ट्रिय फुल नै लालिगुराँस हो । लालिगुराँस हेर्दा जति राम्रो छ त्यतिकै मात्रामा उपयोगी पनि छ । पहाडी क्षेत्रमा पाइने लालिगुराँस जङ्गलमा फुल्ने गर्छ । लालिगुराँस फुल्ने बेलामा जङ्गलै रोकन नै फेरेको हुन्छ । हरियाली जङ्गल अनि ढकमक फुलेको थरिथरिका लालिगुराँसको सुन्दर दृष्यले जो कोहीलाई मोहित बनाएको हुन्छ ।

राष्ट्रिय फुल भएको कारण लालीगुराँससँग हाम्रो भावनात्मक नाता जोडिएको छ भने हामी लालिगुराँसको सम्मान पनि गर्छौ । देख्नमा जति राम्रो छ त्यतिकै मात्रामा गुणकारी रहेको छ । लालिगुराँसको जुस मानव स्वास्थ्यको लागि अत्याधिक लाभदायक रहेको छ । आयुर्वेदिक औषधीको रुपमा लालिगुराँसको फाइदाहरू थुप्रै रहेका छन् हेरौँ केके हुन् त स्

समुन्द्री सतह देखि करिब १५०० देखि ३६०० मिटर सम्मकै उचाइमा पाइने लालिगुराँस रातो सेतो गुलाबी आदि रङहरू रहेका हुन्छन् । प्राचीन समयमा नै लालीगुराँसलाई आर्युबेद औषधीको रुपमा प्रयोग गरिदै आइएको छ ।

१. रातो रङको लालीगुराँसलाई पोषकतत्वले भरिपूर्ण रहेको मानिन्छ । यसको औषधीय गुणपनि त्यतिकै मात्रामा रहेको छ ।

२. कलेजो मृगौला जस्ता समस्याको लागि गुराँसको जुस निकै फाइदाजनक रहेको छ ।

३. हृदय रोग जस्ता जटिल रोगको समेत गुराँसको जुस सेवन गर्नाले निको हुन्छ ।

४. गुराँसको जुसले हड्डी दुखाइको समस्या समेत निको हुने गर्छ ।

५. उच्च रक्तचापको नियन्त्रण गर्नको लागि पनि लालिगुराँस लाभदायक रहेको छ ।

६. घाँटीमा कुनै पनि खाने कुरा अड्कीएको बेलामा गुराँस खानाले निको हुन्छ ।

७.लालिगुराँस फल्ने एउटा मात्र सिजन भएकाले अन्य बेलामा नपाइने हुँदा टिपेर सुकाएर राख्नुपर्नेछ ।

८. गुराँसको फुल घरको मुल ढोकामा सजाउनाले घरमा नकारात्मक उर्जाहरु हटेर जाने र सकारात्मक उर्जा पैदा हुने मान्यता रहेको छ ।

२०७६ जेठ ३ गते १:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर