साताकाे अन्तिम दिन सुनचाँदीकाे मूल्यमा भारी गिरावट , हेर्नुहोस् आज कति छ?

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३ गते ५:४९

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन आज सुन र चाँदी दुबैको मूल्य घटेको छ । हिजो बिहिबार सामान्य रुपमा बढेको सुनको भाउ आज झनै ह्वात्तै घटेको छ । हिजो एक सय रुपैयाँले बढेर ६० हजार ७ रुपैयाँमा किनबेच भएको सुनको भाउ आज प्रति तोला पाँच सय रुपैयाँले घटेको छ ।

आज सुनमा प्रति तोला पाँच सय रुपैयाँले घटेर प्रति तोला ६० हजार दुई सय रुपैया कायम रहेको छ भने त्यसैगरी, आज सुन प्रति १० ग्रामको मूल्य ५१ हजार छ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीमा पनि प्रति तोला १० रुपैयाँले घटेर आज चाँदी प्रति तोला सात सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

२०७६ जेठ ३ गते ५:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर