अपडेट : त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ५ गते ५:१०

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिएको छ ।

ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् भने दुर्घटनाग्रस्त स्थानबाट घाईतेको उद्धारगरी केहीको स्थानीय अस्पतालहरु र केहीको अन्य स्थानमा पठाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

२०७६ जेठ ५ गते ५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर