जात्रै जात्रा हेर्ने दर्शकको ओइरो, दिए ५ स्टार ; छोरोको कुरा गर्दा रिसाईन्

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ५ गते ५:२५

काठमाडौँ – जेठ ३, शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा हो ‘जात्रै जात्रा’ जस्ले बक्सअफिसमा आक्रमक ओपनिङ गरेको थियो । पहिलो दिन सुखद सुरुवात गरेको सिनेमा शनिबार देशैभर झनै आक्रामक बन्यो ।

प्रदीप भट्टराई निर्देशित कमेडी ड्रामालाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । सोही दर्शकको प्रतिक्रिया बुझ्न शनिबार कलाकार र टिम राजधानीका केहि हल पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । जहाँ, सिनेमा हेरेका दर्शकले उत्कृष्ट भनेका थिए । साथै अन्य थुप्रै राम्रा प्रतिक्रिया दिएका छन् भने छ मा छ स्टार दिएका छन् फिल्मलाई ।

विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा र रविन्द्र सिंह बानियाँको मुख्य भूमिका रहेको फिल्मले १० किलो सुनले निम्त्याएको कथा प्रस्तुत गरेको छ ।

सिनेमामा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय छ ।

हेर्नुहोस् भिडियो …

२०७६ जेठ ५ गते ५:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर