आज पनि घट्यो सुन चाँदीको भाउ, हेर्नुहोस् तोलाको कति छ ?

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ५ गते ६:४४

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य घटेको छ । अघिल्लो दिन ह्वात्तै ५०० रुपैँयाले घटेको सुनको भाउ आज पनि घटेको छ ।

आज सुनमा प्रति तोला दुई सय रुपैयाँले घटेर प्रति तोला ६० हजार रुपैँयामा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ६० हजार २ सय रुपैयाँमा काराबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

भने त्यसैगरी, आज सुन प्रति १० ग्रामको मूल्य ५१ हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेको हो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

२०७६ जेठ ५ गते ६:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर