महिनावारीमा नियमित दही खाने कि ? हेर्नुहोस् महिनावारीमा नियमित दही खानुको यस्तो फाइदा..

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ६ गते १:४७

काठमाडौँ । महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो।

तर, महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वाकवाकी लाग्ने, ढाड र कम्मर जोडले दुख्ने, खान मन नलाग्ने र नियमित दैनिक कामसमेत गर्न गाह्रो हुन्छ भने त्यो एक किसिमको समस्या हो।

महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ।

दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निष्क्रिय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ। नियमित दहीको सेवनले मानसिक तनाव पनि कम हुने उक्त  अध्ययनको निष्कर्ष छ।

भिडियो :

२०७६ जेठ ६ गते १:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर