अपडेट : त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो (नामावलीसहित)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ६ गते २:०२

धादिङ। झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आइतबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौं जना पुगेको छ।

ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो।

अहिले सम्म मृत्युहुनेको संख्या नौं जना पुगेको प्रहरी निरिक्षक नवराज ढुङ्गेलले जानकारी दिए।

मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज कुमार सुवेदी, इलामको कन्याम बस्ने ४६ वर्षीय विशाल गिरी, धादिङ बेनीघाट रोराङ गा.पा. ३ बस्ने ४३ वर्षीय राजन आचार्य, काठमाडौं चन्द्रागिरी न.पा बस्ने ४० वर्षीया सिता थपलिया, शेखर मगर, प्रकाश श्रेष्ठ र नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुष, ३०र३२ वर्षीय पुरुष र अर्का २०र२२ वर्षीय पुरुष रहेको उनले जानकारी दिए।

२०७६ जेठ ६ गते २:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर