गोरखामा मासु खान, पाल्न र किनबेच गर्नेलाई ५० हजार जरिवाना

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ६ गते ५:२९

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ मा मासु खान, पाल्न र किनबेच गर्न प्रतिबन्ध लगाएको छ। गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ ले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको हो।

“अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ,  चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने  । अब यस वडामा काटमार गरेको देखेर खबर गरेमा उनीहरुलाई पनि १५ हजार इनाम दिने व्यवस्था गरेको छ ।

चुमनुब्री गाउँपालिका वडा नम्बर १, सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ यस अघि नै काटमार नहुने स्थान हुन्। तर स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो। ती गाउँमा एकाध इसाईबाहेक सबै बुद्ध धर्मावलम्बी बसोबास गर्छन् ।

२०७६ जेठ ६ गते ५:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर