स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ६ गते ६:५६

चेन्नाई । सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।

उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । बिमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ ।

बिमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ । रासस (एएनआई)

२०७६ जेठ ६ गते ६:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर