साप्ताहिक राशिफल : हेर्नुहोस् कुन राशिलाई यो साता कति राम्रो ? (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ६ गते ८:१८

मेष : सोमबारसम्म समय अनुकुल त्यति देखिन्न । चिन्तामग्न भएर बस्नु पर्नेछ । विभिन्न खालका समस्याहरुसँग जुद्धनु पर्नेछ । बातावरण भत्किनेछ,सहज रुपमा काम हुने छैनन । आर्थिक समस्या झेल्नु पर्नेछ । मंगलबार देखि समयले साथ दिनेछ । उपकारी काम हुनेछन् । टुटे फुटेका कुरा मिल्ने छन् । समस्या समाधान भएर जाने छन् । आत्मबल आत्म विश्वास बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

वृष :  आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवनसाथिको साथले मनमा उमङ्ग बढ्नेछ । यात्राको योग पनि देखिन्छ । उप्रान्त विहिबार अपरान्ह सम्म समय खराव रहला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । धन सम्पति चोरी वा हराउन सक्छ । विश्वास गरेकाले धोका दिने छन् ।

मिथुन : विहिबार अपरान्ह सम्म समय सामान्य अनुकुल देखिन्छ । काम गर्दा संघर्ष बढि गर्नु पर्नेछ । प्रयास र प्रयत्नको फल राम्रै निस्कनेछ । अरुको भरमा काम नगर्नु होला । मनमा शान्ति मिल्ने छैन । जोखिमपूर्ण यात्रा नगर्नु होला । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट : साताको पूर्वाद्र्ध भन्दा उत्तराद्र्ध बढि उपलब्धिपूर्ण रहला । आइतबार र सोमबार महत्वकाँक्षा बढ्नेछ । हतारमा निणर्य गरेर पछुताउने अवस्था आउनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । मंगलबार देखि समय विस्तारै सुधार आउनेछ । तर अरुको भरु विश्वासमा काम नगर्नु होला । काममा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन ।

सिंह : साताका अधिकाँश दिन विना उपलब्धि वित्नेछन् । रविबार र सोमबार घरयासी समस्यामा रुमलिनु पर्नेछ । शारीरिक शिथिलता बढ्नेछ । आफन्तजनमा मनमुटाव बढ्नेछ । धन सम्पतिको विषयलाई लिएर झगडा पर्न सक्छ । इच्छा आकाँक्षा बढि हुने छन् तर पूर्ति हुने सम्भावना कम देखिन्छ । पढाई लेखाईमा अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न ।

कन्या : आईतबार र सोमबार साता कै उत्कृष्ट दिन देखिन्छ । समयमा काम गर्न सके केहि उपलब्धि हासिल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । पुराना समस्या अधिकाँश समाधान हुनेछन् । मंगलबार देखि समयले कम साथ दिनेछ । घर परिवारमा विभिन्न समस्या आउनेछन् । शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् ।

तुला : विहिबार मध्यान्हसम्म समय सामान्य अनुकुल देखिन्छ । थोरै आशाका अङ्कुर पलाउने छन् । लगनशिल भई काम गर्न सके केहि उपलब्धि हासिल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । शुक्रबार र शनिबार समयले कम साथ दिनेछ । घरका समस्या जहाँका तहि रहने छन् । व्यापारमा मन्दि आउनेछ । मनमा अशान्ति फैलिनेछ ।

वृश्चिक : साताका अधिकाँश दिन अनुकुल देखिन्छ । संयमित भएर काम गर्नु होला । समयको महत्व वुझेर काम गर्नु होला । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसायमा गरेको लगानीबाट प्रतिफल निस्कनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । प्रयत्न गर्न सके नयाँ कामको अवसर आउनेछ । मंगलबार र बुधबार धन दिने काम नगर्नु होला ।

धनु : साताको पहिलो र दोस्रो दिन खराव देखिन्छ । अनावस्यक झन्झट आईलाग्ने छन् । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । फजुल खर्च बढ्नेछ।  अन्य दिन भने सामान्य अनुकुल रहेका छन् । काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ । व्यापार व्यवसायमा नयाँ आम्दानीका क्षेत्र फेला पर्ने छन् । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । भोज भतेर सभा सम्मेलनको लागि निमन्त्रण आउनेछ ।

मकर : आइतबार र सोमबार आम्दानीका दृष्टिले महत्वपूर्ण देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ भने मंगलबार देखि विहिबार मध्यान्हसम्म समय प्रतिकुल रहेकोछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यर्थको घुमाई फिराई होला । स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ : विहिबार मध्यान्ह सम्म समयले पूर्ण साथ दिनेछ । कार्य क्षमता र लगशिलता बढ्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । अपुरा अधुरा कार्य सम्पादन हुनेछन् । विरोधीहरु शरणमा आउने छन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । बोलिको प्रभाव पर्नेछ । इष्टमित्र आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

मिन : समग्रमा साता उत्तम देखिन्छ । समयको पूर्ण सदुपयोग गर्नु होला । अबरुद्ध भएका योजनाहरु अगाडि बढ्नेछन् । वैदेशिक कार्य अगाडि बढ्ने छन् । नयाँ कामको अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोग मिल्नेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

भिडियो :

२०७६ जेठ ६ गते ८:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर