१६ लाख लिएर गाउँले भूमिका गर्न किन उत्साहित भइन् साम्राज्ञी, नीताको पहिरनअघि साम्राज्ञी फिक्का

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ६ गते ८:३०

काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माले नयाँ चलचित्र ‘रातो टीका निधारमा’को निर्माण गर्ने औपचारिक घोषणा गरेका छन् । ‘जय भोले’ जस्ता सफल फिल्मको लेखन तथा निर्देशन गरेका शर्माले आइतबार राजधानीमा एक समारोहबीच चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

अहिलेकी हट केक ताथ डिमान्डेड नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुंगाना रनव नायकको जोडी बनाएर यो फिल्म निर्देशन गर्न लागेका हुन् भने यस फिल्ममा डेब्यु गर्नलागेका नायक अरु कोही नभएर निर्देशक शर्माको आफ्नै छोरा अंकित शर्मा हुन्।

अभिनेत्री साम्राज्ञीले यस चलचित्रको कथा आफूलाई निकै मन परेको र टिम राम्रो भएका कारण यो चलचित्रमा अनुबन्धित भएको बताइन् भने उनले यस चलचित्रमा आफ्नो भूमिका फरक रहेको रमेत बताइन् ।

जेठ १० बाट यो चलचित्रले झापादेखि छायांकन सुरु गर्ने बताइएको छ । चलचित्रमा अंकित, साम्राज्ञी, नितासँगै बुद्धि तामाङ, खुस्बु खड्का, राजाराम पौडेल, रवीन्द्र झा, शिवहरि पौडेल, वसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, अर्जुन श्रेष्ठसहितका कलाकारको मुख्य भूमिका रहनेछ ।

हेर्नुहोस् भिडियो :

२०७६ जेठ ६ गते ८:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर