सगरमाथा आरोहणमा कामीरिताको नयाँ कीर्तिमानी

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ७ गते ४:१५

काठमाडौँ । आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको छ ।

शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएको हो । कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गरेको सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेको थियो । उनी सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएको छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।

सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसकेको छ । रासस

२०७६ जेठ ७ गते ४:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर