मुन्द्रेको कमेडी क्लबमा जात्रैजात्रा टिमले गरे यस्तो सम्म जात्रा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ७ गते ९:१५

काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने “मुन्द्रेको कमेडी क्लब” हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ ।

कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् साथै घरबेटीको साली बनेर आएकी छन् लुनिभा तुलाधार।

हिजो सोमबार प्रसारित मुन्द्रे कमेडी क्लबको नयाँ एपिसोडमा २९ मा नेपाली सिनेमा क्षेत्रका तीन चर्चित कलाकारहरुलाई निम्त्याइएको छ ती हुन् विपिन कार्की, वर्षा राउट र प्रदिप सिंह बानियाँ ।

यी तीन अभिनित चलचित्र जात्रैजात्रा हाल देशका विभिन्न सिनेमा हलहरुमा प्रसारण भइरहेको छ भने चलचित्रले दर्शकको राम्रो साथ तथा प्रतिक्रिया पाइरहेको छ । जात्रैजात्रा नेपाली ब्लकबस्टर चलचित्र जात्राको सिक्वेल हो । आज यस कार्यक्रममा यी जात्रै जात्रा टिमले निकै रमाइलो गरेका छन् ।

हेर्नुस् उनीहरूसँगको रमाइलो कुराकानी ‘मुन्द्रेको कमेडी क्लब भाग – २९’ मा…

२०७६ जेठ ७ गते ९:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर