भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे १० रोचक तथ्य (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ८ गते ६:१४

काठमाडौं । भारतमा हालै लोकसभा निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्निपरीक्षाको रुपमा पनि हेरिएको छ । मोदीका लागि प्रतिष्ठाको विषय समेत बनेको यो निर्वाचनको नतिजाले उनको आगामी राजनीतिक यात्रा तय गर्नेछ ।

भारतीय जनता पार्टीका नेता मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरातमा भएको थियो । दामोदर दास मुलचन्द र उनकी पत्नी हिरावेनका ६ सन्तानमध्ये तेस्रो सन्तानका रूपमा उनको जन्म भएको थियो । गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त मोदीलाई विकास पुरुषको नामले चिनिन्छ ।

उनी भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक हुन् । स्मरण होस् उनी सामाजिक सन्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फलोअर भएको भारतीय नेता पनि हुन् । टाइम पत्रिकाले मोदीलाई टाइम वर्ष व्यक्ति २०१४ को लागि ५० उम्मेदवारहरुको सूचीमा राखेको थियो । अटल बिहारी वाजपेयी जस्तै नरेन्द्र मोदी एउटा राजनेता र कवि हुन् ।

थप तथा विस्तृत जानकारीको लागि हेर्नुस् केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियो रिर्पोट…

२०७६ जेठ ८ गते ६:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर