बेचबिखनकोे आरोपमा ३ भारतीय पक्राउ

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ९ गते २:०८

पाल्पा । जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित बेतियाका २१ वर्षीय मनोहर कुमार, २० वर्षीय अभिजित कुमार र १९ वर्षीय कालु कुमाल रहेका छन्।

युवतीलाई भारततर्फ लैजाने क्रममा तीनै जना पक्राउ परेका हुन्। गुल्मीको धुर्कोट गाउँपालिकाका तीन युवतीलाई विवाह गर्छौं भनी ललाइफकाई लैजाने क्रममा उनीहरुलाई पाल्पाको हार्थोकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।

युवतीलाई उद्दार गरी घर पठाइएको छ। पक्राउ परेका भारतीयलाई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

२०७६ जेठ ९ गते २:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर