आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदैछ हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ९ गते ८:१६

काठमाडौं । आज बिहीबार सुनको भाउ झन् घटेको छ। हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर ५९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आईतबार सुनको भाउ ६० हजार ७ सय रुपैयाँ रहेको थियो।

आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७०० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदीको मूल्य ७०५ रुपैयाँ रहेको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

२०७६ जेठ ९ गते ८:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर