बेनिशाको यस्तो जोक्समा रीमा र केकीको हाँसो, बर्षा पलविना पुग्दा नीताको स्टाइल नै गज्जब

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ९ गते ९:०६

काठमाडौँ । गत मङ्गलवार, जेठ ७ गते, चलचित्र पत्रकार संघले आफ्नो २० औँ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।
हरेक वर्ष झै यसपटक पनि चलचित्र पत्रकारिता दिवसको रुपमा संघले जेठ ७ गते राजधानीमा एक कार्यक्रम गरि मनाएको थियो । सोही कार्यक्रममा चलचित्र पत्रकारिता सम्मान र पुरस्कृत गरेको थियो ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका थुप्रै गण्य मान्य कलाकारहरू साथै पत्रकारहरूको उपस्थिति रहेको थियो । संघले सोही कार्यक्रममा केही पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो भने थुप्रै कलाकारहरूले आफ्नो मन्तव्य समेत राखेका थिए र पत्रकार र कलाकार हातको नङ र मासु जस्तो रहेको समेत बताए भने शुभकामना समेत प्रदान गरे ।

त्यस्तै उक्त कार्यक्रममा उपस्थित नायिकाहरू केकी अधिकारी, बेनिशा हमाल र रिमा विश्वकर्माले एकसाथ मन्तव्य राखेका थिए भने शुभकामना समेत दिएका थिए ।

विस्तृत जानकारीको लागि यो भिडियो हेर्नुहोस्

२०७६ जेठ ९ गते ९:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर