पाकिस्तानी प्रधानमन्त्रीद्धारा मोदीलाई वधाई

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १० गते १:२६

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

लोकसभा निर्वाचनमा उनको पार्टीले अत्याधिक बहुमत ल्याएकोमा बधाई दिदै खानले दक्षिण एसियाको शान्ति, संबृद्धि र प्रगतिका लागि सहकार्य गर्ने प्रतिक्षामा रहेको उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बिहीबार चुनावी परिणाम नसकिदैँ आफ्नो पार्टी विजयी भएको दावी गरेका थिए भने विपक्षी पार्टी काँग्रेसका अध्यक्ष राहुल गान्धीले पनि आफ्नो पार्टी पराजित भएको स्वीकार गर्दै मोदीलाई बधाई दिएका थिए । पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन्, “भाजपा र त्यसको गठबन्धन विजयी भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई छ, दक्षिण एसियाको शान्ति, संमृद्धि र प्रगतिका लागि सहकार्य गर्न चाहन्छौँ ।”

प्रधानमन्त्री खानले यसअघि पनि मोदीको पार्टीले नै धेरै ठाउँमा जित हासिल गर्न सक्ने र उनिसँग मिलेर आफुले काश्मिर समस्या समाधान गर्न सक्ने बताएका थिए।

२०७६ जेठ १० गते १:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर