गायक प्रनिश बुढाथोकीको ‘दाई कि साली’ मा अलिशा, सुनिल र करणको रोमान्स (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १० गते १:४९

काठमाडौँ । नव गायक गायक प्रनिश बुढाथोकीको नायाँ गीत “दाईकि साली” को म्युजिक भिडियो केही दिन अघिमात्रै सार्बजनिक भएको छ । यस गीत्लाई म्युजिक आईके अफिपयिल युट्युब च्यानल मार्फत गत सोमबार, मे २० तारिखमा सार्वजनिक गरिएको हो ।

सुमधुर आवाजका धनि यी गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ भो गीतको म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । छायाँकार उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन । निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

हेर्नुहोस् यो डान्सिङ नम्बर भिडियो…

२०७६ जेठ १० गते १:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर