मोटरसाइकल किनबेचलाई ‘भटभटे एप’

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १० गते ३:४५

अच्यूत रेग्मी

काठमाडौँ । के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो ।

यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा ‘पोष्ट’ गर्न सक्नेछन् । यस्तै किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाइन सम्पर्क गरेर खरिद गर्न सक्नेछ । टुटल र पठाओ जस्ता माध्यमले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेर चर्चा बटुलिरहेको बेला मोटरसाइकल किनबेच गर्न चाहने उपभोक्तालाई लक्षित गरी ‘भटभटे एप’ विकास गरिएको बताइएको छ ।

“उक्त एप प्रयोग गरी सेकेण्ड ह्याण्ड मोटरसाइकल बेच्न किन्न सकिन्छ, ‘रिकण्डिसन हाउस’सम्म धाउन पर्दैन”, एएम नेपाल प्रालिका महाप्रबन्धक खेमराज देवकोटाले भने । उक्त एप मोटरसाइकल किनबेचको उत्कृष्ट “प्लेट फर्म” रहेको महाप्रबन्धक देवकोटाले प्रष्ट गरे । उपत्यकामा मात्र झण्डै नौ लाख २१ हजार ९१७ मोटरसाइकलको सङ्ख्या रहेको छ ।

‘स्मार्ट एन्ड्रोइड’ फोन हुनेले ‘गुगल प्ले स्टोर’ र ‘आइफोन’ प्रयोगकर्ताले ‘एप स्टोर’मा गएर भटभटे एप जोकोहीले निशुल्क ‘डाउनलोड’ गरी ‘इन्स्टल’ गर्नसक्ने एएम नेपाल प्रालिका कार्यालय व्यवस्थापक सुदीप पाण्डेले बताए । हाल यो निःशुल्क छ । करीब ३० हजार प्रयोगकर्ताले एप डाउनलोड गरेपछि र दुई हजार बढीले बेच्न चाहनेले मोटरसाइकल पोष्ट गरेपछि बिक्रेताले मोटरसाइकल पोष्ट गर्न प्रति बाइक रु ५०० शुल्क तिर्नुपर्दछ ।

“सहज, कम मूल्य र सजिलो सवारी साधनको रूपमा रहेको मोटरसाइकल बेच्न र किन्न चाहनेलाई प्रविधिको प्रयोग गरी सिधा सम्पर्क गराउन एप ल्याइएको हो, यसमा चाहेको मूःल्यको मोटरसाईकल किन्न सहज हुनेछ”, व्यवस्थापक पाण्डेले भने ।

हाल २० हजार प्रयोगकर्ताले यो एप प्रयोग गरिरहेका छन् । करीब हजारको हाराहारीमा मोटरसाइकल बिक्रीका लागि राखिएको प्रालिका व्यवस्थापक पाण्डेले जानकारी दिए । जो कोहीले जथाभावी पोष्ट गर्न नसकोस् र यसलाई व्यवस्थित गर्न सकियोस् भनेर शुल्क तोकिएको बताइएको छ । शुल्क इ सेवा अथवा एपमा रहेको ‘पेमेण्ट गेटवे’को माध्यमबाट तिर्न सकिने छ । काठमाडौँलाई लक्षित गरिएपनि जहाँकहीँबाट एपको प्रयोग गर्न सकिन्छ । एपलाई विश्वव्यापी बनाउने संस्थाको उद्देश्य रहेको महाप्रबन्धक देवकोटाले बताए।

बेच्न चाहनेले मोबाइलमा एप डाउनलोड गरी आफ्नो ‘युजर रजिस्टे«सन’ गरेपछि ‘भेरिफिकेसन कोड’ मोबाइलमा आउने र ‘कोड एक्टिभ’ गरेर मोटरसाइकलको चारतर्फबाट खिचिएको फोटो आफैँ पोष्ट गर्नुपर्ने प्रालिका परियोजना प्रबन्धक राजेन्द्र भट्टराईले जानकारी दिए । त्यसमा मोटरसाइकलको मूल्य, नम्बर प्लेट, माइलेज, गुडेको किलोमिटर राख्नुपर्दछ ।

किन्न चाहनेले उक्त लिस्ट हेरेर मनपरेको मोटरसाइकल ‘क्लीक’ गरेपछि ‘डिस्प्ले विवरण देख्नेछ । मोटरसाइकल मन परेको खण्डमा रजिस्टे«सन गरेर ‘सेलर इन्फो’मा क्लिक गरेपछि बिक्रेताको विवरण आउने र त्यसबाट क्रेता विक्रेताबीच सम्पर्क भएर किनबेच सहज हुने प्रालिका परियोजना प्रबन्धक भट्टराईले थपे । क्रेताले हेर्न शुल्क तिर्नु पर्दैन तर किन्न प¥यो भने रजिष्ट्रेसन गरेर भेरिफिकेसन कोड हान्नुपर्ने हुन्छ । सूचनाको सुरक्षा र व्यवस्थित गर्न यो तरिका अपनाइएको बताइएको छ ।रासस

मुम्बई। बलिउड अभिनेत्री कैटरिना कैफ यतिबेला आफ्नो नयाँ फिल्म ‘भारत’ लाई लिएर निकै चर्चामा छन्। यो फिल्ममा कैटरिना र सलमान खानको मुख्य भूमिका छ। केही दिन अगाडि फिल्म भारतको नयाँ गीत जिंदा रिलीज गरिएको थियो।

उक्त गीत सार्वजनिक गर्ने कार्यक्रममा सलमान र कैटरिना पुगेका थिए। यस क्रममा सलमानले कैटरिनालाई यस्तो गरे, जसको चर्चा अहिले पनि जारी छ।

उक्त कार्यक्रममा यस्तो दृष्य देख्न पाइयो जसको फ्यानले कल्पनासम्म पनि गरेका थिएनन्। कार्यक्रममा कैटरिना साडी लगाएर आएकी थिइन्, कैटरिनाको साडी केही बिग्रिएको थियो। साडी बिग्रिएको देखेपछि सलमान खानले निहुरिएर साडी मिलाउन थाले।

साडी बनाउँदै गरेको सलमान खान र कैटरिनाको तस्वीर यतिबेला भाइरल भइरहेको छ। उक्त तस्वीर देखेपछि मानिसहरुले भिन्दा भिन्दै अनुमान लगाएका छन्।

कैटरिना सलमानकी पूर्व गर्लफ्रेण्ड हुन्। ब्रेकअपपछि सलमानले कैटरिनाको केयर गरेको देखेपछि उनका फ्यान उत्साहित भएका छन्। फिल्म भारत लाई अली अब्बास जफरले निर्देशन गरेका हुन्। भारतमा दशकसम्म एक मानिसको यात्रालाई देखाइएको छ। यही कारण फिल्ममा सलमान खानलाई ६ वटा फरक फरक भूमिकामा देखाइएको छ। यो फिल्म इदमा रिलीज हुने तयारीमा छ। रासस

२०७६ जेठ १० गते ३:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर