बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २५ घाइते

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १० गते ४:४५

लहान। सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन्। घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ।

२०७६ जेठ १० गते ४:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर