साताको अन्तिम दिन हवात्तै बढ्योे सुनचाँदीको भाउ, तोलाको कति ? हेर्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १० गते ८:०६

काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । केही दिनदेखि घट्दै गरेको सुनको भाउ आज बढेको छ।

हिजो ५९ हजार २ सय रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ आज प्रति तोला पाँच सय रुपैयाँले बढेको छ । योसँगै आज सुन प्रति तोला ५९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज सुन प्रति १० ग्रामको मूल्य ५१ हजार एक सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि प्रति तोला १० रुपैयाँले बढेको छ । योसँगै आज चाँदी प्रति तोला सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

२०७६ जेठ १० गते ८:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर