ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित विमानस्थलबाट ४ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १० गते ८:२६

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित छन्।

युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन्। प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो। केही समय उनले नेशनल टेलिभिजन नामक टिभी च्यानल सञ्चालन गरेका थिए।

भारु नोट ल्याउनेमा ३ पाकिस्तानी र नोट रिसिभ गर्न आउने ३ नेपाली पक्राउ परेकन हुन। उनीहरुसँग नेपालले प्रतिबन्ध लगाएका भारु २ हजारका नोट समेत रहेको बुझिएको छ। ती विदेशीहरु भने कतार एयरवेजको जहाजबाट काठमाडौं आएका थिए।

२०७६ जेठ १० गते ८:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर