भारतको विशाल भवनमा आगलागी, अधिकांश विद्यार्थीसहित २१ जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ११ गते २:०५

काठमाडौं । भारतको सुरतस्थित एक विशाल भवनमा शुक्रबार आगो लाग्दा कम्तिमा २१ जनाको जलेर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शहरको तक्षशिला कम्प्लेक्समा आगलागी भएको जनाइएको छ । २० जनाको जलेर मृत्यु भएको हो भने १ जनाको भवनको चौथोतलाबाट हाम फाल्दा ज्यान गएको हो।

मृत्यु हुनेमा १८ जना महिला र ३ जना पुरुष रहेका छन्। ज्यान जानेमा १५ वर्षदेखि २२ वर्ष उमेर समुहका रहेका छन् भने मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ । ‘तक्षशिला कम्प्लेक्स’मा रहेको कोचिङ् सेन्टरमा रहेका विद्यार्थीहरु सो आगलागीमा परेको समाचारमा जनाइएको छ । आगलागीबाट ११ जना गम्भिर घाइते भएका छन्।

आगो लागेको सूचना पाएको आधा घण्टापछिमात्र त्यहाँ दमकल र फायर फाइटर पुगेको जनाइएको छ।

घटनाका बारेमा थाहा पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । उनले घाइतेहरुको स्वास्थ्य लाभको पनि कामना गरेका छन् ।

मोदीले ट्वीटरमा लेखेका छन्,“सुरातमा भएको अत्यन्त दुखद घटना थाहा पाएर मलाई विक्षिप्त बनाएको छ, मृतकप्रति मेरो हार्दिक श्रद्धान्जली छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

उनले घटना भएको गुजरात प्रदेशको सरकारलाई पनि प्रभावितहरुलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको पनि उल्लेख गरिएको छ ।

२०७६ जेठ ११ गते २:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर