डिपी खनालको गीत ‘क्यालकुलेटर’मा भद्रगोलका बले, कक्रोज, सिते बा र खुपीका बाउ (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ११ गते ५:००

काठमाडौँ । गायक शंकर थापाको स्वर तथा संगीत रहेको ‘क्याल्कुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत हिजो मात्र नयाँ नयाँ न्युज नेपालको अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो ।

सार्वजनिक उक्त गीतमा डिपी खनालको शब्द रहेको छ । हास्य टेलिसिरियल भद्रगोलमा ‘सिते बा’का रुपमा परिचित मधुसुदन पाठकको प्रस्तुतिमा तयार भएको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

निर्देशक विष्टकै करियोग्राफी रहेको भिडियो सिते बासँगै भद्रगोलकै हरिश निरौला ‘कक्रोज, सागर लम्साल ‘बले, कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौलाको अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् भने विश्व अधिकारीले एरेन्जमेन्टको काम गरेका छन् ।

हेर्नुहोस् भिडियो :

२०७६ जेठ ११ गते ५:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर