विस्फोटक पदार्थसहित विप्लव समूहका ७ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १३ गते ०:४४

प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले हिजो साँझ गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरुका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।

२०७६ जेठ १३ गते ०:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर