धादिङको महादेवबेंशी पुलमा सकेट बम फेला, सेनाद्वारा निष्कृय

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १३ गते १:१५

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा विष्फोटक पदार्थ फेला परेको छ। विष्फोटक पदार्थ फेला परेको झण्डै ४ घण्टापछि प्रहरी सेनाद्वारा त्यसलाई निष्कृय पारेको छ।

आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्कृय पारेको हो। विष्फोटक पदार्थ निष्कृय पार्न गजुरीबाट नेपाली सेनाको टोली बोलाइएको थियो।

उक्त विष्फोटक पदार्थ सकेट बम रहेको प्रहरीले जनाएको छ। यसैबीच धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु फेला परेको छ।

अहिले सो स्थानलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय बनाउने प्रयास गरिरहेका छन्।

२०७६ जेठ १३ गते १:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर