उल्सन र सन्ध्याको ‘तरकारी’ हेर्नुस् (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १३ गते १:२७

नेपालको चर्चित अन्तराष्ट्रिय फ्रान्चाइज गायन रियालिटि शो नेपाल आइडलको पहिलो संस्करणमा उत्कृष्ट दश भित्र पर्न सफल उल्सन श्रेष्ठ र सन्ध्या जोशीले युगल गीत बजारमा ल्याएका छन् ।

‘तरकारी’ बोलको सार्वजनिक उक्त गीतमा शब्द तथा संगीत उल्सन स्वयमकै रहेको छ । यस गीतलाई ८के एभरेष्ट मोसन पिक्चर्सको अफिसियल युट्युब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको हो ।

टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको गीतको भिडियोमा टिकटकबाट भाइरल मञ्जिल बस्नेत र नायिका सारा शिर्पाइली फिचरिंग छन् ।

उल्सन र सन्ध्याले यसअघि पनि आफ्ना थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् तर युगल गीत भने उनीहरुको पहिलो हो । तरकारी गीतमा टिकटक बनाउनेको लहर चलिरहंदा यो गीतको भिडियो युटुव ट्रेन्डिंगमा पनि पर्न सफल भएको छ भने हाल यो रिर्पोट तयार पार्दासम्म गीत् युट्यबको २७ ट्रेन्डिङमा रहेको छ ।

हेर्नुस् गीतको भिडियो …

२०७६ जेठ १३ गते १:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर