प्रकाश सपुत र शान्ती श्रीको ‘बोल माया’ को प्रि-सिक्वेल गीत ‘गलबन्दी’ सार्वजनीक (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १३ गते ७:१९

काठमाडौँ । नेपाली साङ्गेतिक क्षेत्रका निकै नै लोकप्रिय गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘गलबन्दी’ नामक नयाँ गीत भिडियोसहित बजारमा ल्याएका छन् र भिडियोलाई उनको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाश सपुत एक कुशल गायक मात्रै नभएर एक रचनाकार तथा सङ्गितकार समेत हुन् । उनले हालसम्म थुप्रै गीत्हरुबजारमा ल्याएसकेका छन् भने गत वर्ष उनले सम्पूर्ण नेपालीको मन जित्न सफल गीत ‘बोल माया’ ल्याएका थिए ।

वैदेशिक रोजगारीले सम्पूर्ण नेपालीमा निम्त्याएको समस्या बारे रहेको गीत निकै चर्चामा रह्यो । त्यस्तै यो वर्ष उनले ‘गलबन्दी’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । उक्त गीत ‘बोल माया’ सँग सम्बन्धित भए पनि गीत सिक्वेल नभएर प्रि-क्वेल भएको गायक सपुतले बताए ।

गीतमा गायक प्रकाश सपुत र गायिका शान्तीश्री परियारले स्वर दिएका छन् । गीतमा लय तथा शब्द सङ्गीत प्रकाश स्वंयमको रहेको छ । गीतको भिडियोमा प्रकाश सँगै ‘बोल माया’मा कै कलाकार अञ्जली अधिकारी रहेकी छिन् ।

रत्यौली शैलीको उक्त गीतमा खर्क बुढा मगरले बजाएको मादलको निकै नै मिठो धुन सुन्न पाइने छ । भिडियो निर्देशन प्रकाश सपुत आफैँले गरेका छन् भने सह-निर्देशक बब्लु रहेका छन् । ‘गलबन्दी’ ‘बोल माया’ जस्तो रुवाउने नभएर हँसाउने मनोरञ्जन दिने खालको रहेको छ ।

हेर्नुहोस् भिडियो :

२०७६ जेठ १३ गते ७:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर