पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १४ गते ६:२५

पर्वत । पर्वतको फलेवास नगरपालिका–२ शङ्करपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् ।

स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन् । उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताए ।

छ महीनादेखि शङ्करपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालीम गरिरहेकी मनिषा तालीममा जान घरबाट निस्किएकी थिइन् । तर, घर नफर्किएको र आफन्तको सम्पर्कमा समेत नरहेपछि खोजी शुरु गर्न प्रहरीमा जाहेरी दिएको दीपेन्द्रले बताए । चितवन माइती भएकी मनिषाले दुई वर्षअघि विवाह गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पर्कविहीन रहेकी मनिषाको खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले जिल्लाका सबै प्रहरी युनिटसहित छिमेकी जिल्लाका प्रहरी कार्यालयमा पनि फोटोसहित खोजीकार्यका लागि सूचना पठाइएको जानकारी दिए ।

एक्कासि महिला बेपत्ता भएपछि परिवारका सदस्य चिन्तित बनेका छन् ।

२०७६ जेठ १४ गते ६:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर