सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता’

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १५ गते १:२६

सभामुख कृष्णबहादुर महराले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज सबै नेपालीमा शुभकामना दिँदै उनले गणतन्त्र, नयाँ संविधान, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशी शासन व्यवस्थालगायत प्राप्त उपलब्धि संस्थागत हुन सकेमात्रै साँचो अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् ।

गणतन्त्र नेपाल प्राप्तिको महाभियानमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सभामुख महराले सङ्घर्षका दौरानमा बेपत्ता, घाइते एवं अपाङ्गता भएका सबै योद्धाप्रति उच्च सम्मान प्रकट गरेका छन् । नेपाली जनताबीच आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

एघार वर्षअघि आजकै दिनअर्थात् २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाले राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो ।

देशको शासन व्यवस्था नै परिवर्तन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको आजको दिनलाई राज्यले नेपाली राजनीतिको ऐतिहासिक महत्वका साथ गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

२०७६ जेठ १५ गते १:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर