हेर्नुहोस् गर्मीमा आरु खानुका ५ फाइदा, थाहा पाउँदा चकित पर्नुहुनेछ (भिडियो रिर्पोट)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १५ गते १:५८

आरु गर्मी समयमा फल्ने फल हो । आरुमा मानव स्वास्थ्यको लागि फाइदा गर्ने अति आवश्यक पोषक तत्वहरु रहेको हुन्छ । आरुको सेवनले स्वास्थ्यमा अति फाइदा गर्छ ।

यसमा फस्फोरस, जिंक, कपर, पोटासियम, म्याग्नेशियम, क्याल्सियम, फोलेट, भिटामिन लगायतका विभिन्न तत्वहरु रहेका हुन्छन् । आज हामी आरु खानुका फाईदा बारे जानकारी गराउँदै छौँ ।

१. दाँत मजबुत हुन्छ आरुको सेवनले हाम्रो दाँत बलियो हुन्छ । यसमा रहेका भिटामिन, क्याल्सियम फस्फोरस लगायतका विभिन्न तत्वले दाँत बलियो र स्वस्थ राख्न मद्धत गर्छ ।

२. पेट सफा राख्छ आरु खाँदा हाम्रो पाचन प्रणालीलाई सुधार गरेर ल्याउँछ । यसम पाइने पोषक तत्वले पेटको विकार बाहिर निकाल्छ । जसको कारण कव्जीयत, बवासिर, अल्सरबाट बचाउँछ । यदि दिनको एक गिलास आरु र गोलभेडाको रस मिलाएर त्यसमा कालो मरिचको धुलो राखेर पिउने हो भने पेट सम्वन्धी धेरै रोगहरु हटेर जान्छ ।

३. मुहार सुन्दर बनाउँछ कुनै पनि फलफुलको सेवनले मुहार सुन्दर बनाउँछ । आरुमा पनि भिटामिन सी को कारण त्वचा सुन्दर हुन्छ । यसमा पाइने भिटामिन सी ले सुर्यको किरणबाट छालालाई बचाउँछ । यसले मुहारको मृत कोशिका हटाउँछ । आरुको गुदी निकालेर महको साथमा अनुहारमा लगाएर आधा घण्टा पछि धुनाले मुहार सुन्दर भएर आउँछ ।

४. आँखा तेजिलो बनाउँछ आरुमा ल्युटिन तथा जिक्सान्थिन भन्ने तत्व हुन्छ जसले आँखा तेजिलो बनाउन मद्धत गर्छ । यसले मोतियाविन्दु हुनबाट समेत बचाउँछ ।

५. गर्भवती महिलाको लागि फाइदाजनक आरुको सेवनले गर्भवती महिलाको लागि अति नै फाइदा गर्छ । यसको सेवनले गर्भवती महिलाको मांशपेशीको थकान कमजोरी आदि हटाउँछ ।

२०७६ जेठ १५ गते १:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर