गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १५ गते ३:४८

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपश्चात् देशमा सुशासन स्थापना हुने बताउनु भएको छ ।

उहाँले द्रुततर आर्थिक सामाजिक विकाससहित समृद्धि हासिल हुने जनताको अपेक्षा साकार पार्नु सबैको सामूहिक दायित्व भएको स्पष्ट पार्नु भएको छ । राष्ट्रपति भण्डारीले यस अवसरमा नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्नु भएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

“विकासका लागि हाम्रो प्रस्थानविन्दू सवैलाई खाद्य व्यवस्था, सवैलाई आवास र कपडा, सवैलाई शिक्षा र सवैलाई स्वास्थ्य एवं सुरक्षा हो ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं । यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”

२०७६ जेठ १५ गते ३:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर