निर्माणाधिन क्रिकेट रंगशालाको बार भत्काईयो, धुर्मुस रुदै यसो भने(भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १५ गते १७:०८

चितवन,जेठ १५

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् ।

“एकाविहानै डोजर लाए, आफ्नै आँखा अगाडि यस्तो भयो, सबै बारहरु भत्काए ।” धुर्मुसले आँखाभरि आँसु पारेर रुदै भने, “यो कुनै ठूलो इसु नै थिएन, सुचारु भइरहेकै बाटो पनि होईन , हामीले सबैलाई एक ठाउँमा राखेर छलफल गरिसकेका थियौ, यो रङगशालालाई पनि बाटाे चाहिन्छ, डिपिआर आएपछि अझै फाइनल गरौंला, कति बाटो छोड्नुपर्छ ?” घरपरिवार सबै छोडेर समाज देशका लागि लाग्दा पनि यस्तो भोग्नुपरेको भन्दै धुर्मुस भक्कनिए ।

स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएका हुन् । डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार लगाएत केहि संरचना भत्काइदिएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन् । ति ब्यक्तिहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएको जनाएका छन् ।

२०७६ जेठ १५ गते १७:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर