धादिङमा बस दुर्घटना, एकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते १:१०

धादिङ । थाक्रे गाउँपालिका १ खयरघारीबाट महेश खोलामा बस खस्दा हिजो राति एक जनाको मृत्यु भएको छ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस खोलामा राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत नभएको प्रहरीले जनाएको छ।

सडकबाट बस खोलामा खसेपछि बजारबासी र नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ। दुर्घटनामा घाइते भएको १८ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले बताए।

२०७६ जेठ १६ गते १:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर