सुवित कुमार नेपाल (नामकाय) को नयाँ गीत ‘काठमाण्डुप’ सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते २:४२

काठमाडौँ । सुवित कुमार नेपाल (नामकाय) को आवाजमा सजिएको नयाँ अङ्ग्रेजी गीत गत शनिवार युट्युबमा सार्वजनिक गरिएको छ ।

सुवित कुमार नेपालको ‘काठमाण्डुप’ बोलको अङ्ग्रेजी गीतको म्युजिक भिडियो पनि गायक नेपालको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत मे २५, २०१९ शनिबारका दिन सार्वजनिक गरिएको हो ।

सार्वजनिक उक्त गीतमा गायक सुवित कुमार नेपालको आफ्नै शब्द रचना साथै संगीत संयोजन रहेको छ । आदर्श श्रेष्ठ, सुरजित बाबरा यस गीतका ब्याण्ड मेम्बर्सहरु हुन्।

यस गीतलाई रागभ खड्काको रागभ फिल्मस्ले प्रायोजन गरेको छ । यस गीतमा नेपाल र नेपालको काठमाडौँको बारेमा वर्णन गरिएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका गायक सुवितले उस गीतमा आफ्नो देश नेपाल र नेपालको बारेमा खुलेर तारिफ गरेका छन् भने नेपालको विभिन्न रमणीय ठाउँहरू देखाइएको छ ।

हेर्नुहोस् गीतको भिडियो …

२०७६ जेठ १६ गते २:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर