आज देशका अघिकांश भुभागमा मेघ गर्जनसहित वर्षा हुने

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते २:५२

काठमाडौं । आज देशका अधिकांश भुभागमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रि-मनसुनको समय र भारतको बिहार क्षेत्रमा न्यूनचापिय रेखा बनेकाले मौसम बदली भएको महाशाखाले जनाएको छ।

पूर्व, मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ। बुधबार बेलुका पनि काठमाडौँ, पोखरा र आसपसका क्षेत्रमा वर्षा भएको थियो।

आज पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ । तराईका क्षेत्रको मौसम भने सफा नै रहने देखिएको छ । तर अपराहन्न तिर बदली हुन सक्ने सम्भावना छ।

यस्तै हावाहुरीको सम्भावना पनि रहेको मौसमविदले उल्लेख गरेका छन् । बिहानैदेखि बदली भएको काठमाडौँ उपत्यकाको मौसम दिउँसो खुले पनि फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२०७६ जेठ १६ गते २:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर