नयाँ बजेटसँगै तेलको मूल्य बढ्यो, लिटरको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते ६:०९

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भएको भोलिपल्टै नेपाल आयल निगमले तेलको मुल्य वृद्धि गरेको छ। बिहीबार दिउँसो १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बृद्धि गरेको हो।

नयाँ मुल्यसूची अनुसार पेट्रोलिम पदार्थको मूल्य १११ र डिजेल, मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको हो। तेलको मूल्य बढेपनि खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत छ।

बुधबार संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट पेश गर्दै सडक पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थमा एक एक रुपैयाँ अतिरिक्त शुल्क लगाउने घोषणा गरेका थिए।

आर्थिक वर्ष आगामी श्रावण एक गतेबाट सुरु हुने भएपनि नेपाल आयल निगमले भने आज बाटै लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

२०७६ जेठ १६ गते ६:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर