मुस्लिम पर्व ‘ईदुल फित्र’को दिन सार्वजनिक विदा

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते १३:१३

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाँड ईदुल फित्रको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताएका हुन् । यस वर्षको इदुल फित्र आगामी जेठ २३ गते पर्दछ।

मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ ।

२०७६ जेठ १६ गते १३:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर