नरेन्द्र मोदीले लिए भारतिय प्रधानमन्त्री पदको शपथ

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते १४:४०

काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार शपथ लिएका छन् । बिमस्टेक राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख लगायत करिब ८ हजार पाहुनालाई निम्त्याइएको विशेष समारोहका बीच राष्ट्रपति रामनाथ कोविदले मोदीलाई शपथ ग्रहण गराएका हुन् ।

मोदी पहिलो पटक २०१४ मा प्रधानमन्त्री बनेका थिए । उनली जवाहरलाल नेहरुपछि लगाता दोस्रो कार्यकाल बहुमतको सरकार बनाउने दोस्रो प्रधानमन्त्री बनेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा भाजपाले ३०३ सिटमा जित हात पारेको थियो भने उसको गठबन्धन एनडीएले ३५२ सिटमा जित हात पारेको थियो ।

मोदीले शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । पहिलो पटक अध्यक्ष बनेका भाजपा अध्यक्ष अमित शाहसमेत मन्त्री बनेका छन् ।

यस्तै नेपालको संविधान जारी हुँदा मोदीको विशेष दुत बनेका तत्कालीन विदेश मन्त्रालयका सचिब एस जयशंकरसमेत मन्त्री बनेका छन् ।

मोदीको शपथ ग्रहणमा नेपालका प्रधानमन्त्री केपी ओली पनि दिल्ली पुगेका छन् ।

२०७६ जेठ १६ गते १४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर