दयाहाङ राईको “आप्पा”को ट्रेलर सार्वजनिक (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते १५:२९

काठमाण्डौ । नायक दयाहाङ राईको नयाँ चलचित्र “आप्पा”को ट्रेलर सार्वजनिक भएको छ । आज बिहीवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा पिता र छोराको सम्बन्धलाई देखाइएको छ ।

फिल्ममा दयाहाङ बुवाको भूमिकामा देखिएका छन् भने उनको छोराको रुपमा सिद्धान्त राज तामाङ रहेका छन् ।

फिल्ममा तुलसी घिमिरे ,अल्लोना काबो लेप्चा ,अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रुदेन सादा लेप्चाको लगानीमा निर्माण भएको यस फिल्मको कार्यकारी निर्माता माबो हाङ रहेका छन् । अमाउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका छन् ।

फिल्म असार १३ मा अल नेपाल रिलिज हुँदैछ ।

२०७६ जेठ १६ गते १५:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर